सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन लगाइएको बन्दाबन्दी उल्लंघन गर्नेलाई डेढघण्टा सडकमा उभ्याइने गरेको छ । अर्को डेढघण्टा कोरोना भाइरस संक्रमणविरुद्ध जानकारी गराई सम्झाइबुझाई छाडिने गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
जिल्लामा हालसम्म लकडाउन उल्लंघन गर्नेलाई तीन हजार ३६९ जनालाई कारबाही गरिनाका साथै २४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै ४७ मोटरबाइक र एउटा यात्रु बसलाई कारबाहीसमेत गरिएको छ । त्यस्तेै तीन बलेरो जीपका चालकलाई बिनाअनुमति यात्रु ओसारपसार गरेको पाइएपछि अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ । गत चैतभित्र भारतलगायत विभिन्न देशबाट घर फर्केका ३६३ जनाको विवरण सङ्कलन भइसकेको र अन्य पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।