काठमाडाैं। गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका ९ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
जसअनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहसचिवमा सरुवा गरिएको छ।
