चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्र लेख्ने

चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्र लेख्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीको नाम, झन्डा र चुनाव चिन्हको दुरुपयोग नगर्न सचेत गराउने निर्णय गरेको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस विषयमा पार्टीका तर्फबाट औपचारिक सूचना जारी गर्ने निर्णय गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए।

बैठकले पार्टीको नाम, झन्डा र चुनाव चिन्हको सम्भावित दुरुपयोग रोक्न निर्वाचन आयोगलाई समेत पत्राचार गर्ने निर्णय गरेको उनले बताए।

त्यसैगरी, बैठकले सरकारका पछिल्ला गतिविधिबारे पार्टीको आधिकारिक धारणा तय गरेको छ। बैठकका अन्य निर्णय भने भोलि दिउँसो २ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी महामन्त्रीहरूले सार्वजनिक गर्ने सहमहामन्त्री शिवाकोटीले जानकारी दिए।

धेरै पढिएको