भ्रमण वर्ष सफल बनाउन भिडियो प्रतियोगिता

भ्रमण वर्ष सफल बनाउन भिडियो प्रतियोगिता

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन फिल्म प्रतियोगीता हुने भएको छ । ‘हामी उठ्ने छौ’ भन्ने मुल नाराको साथ ‘मेरो गाउँ मेरो ठाउँ’ नामक फिल्म प्रतियोगिता गरीने भएको हो ।

भ्रमण वर्षलाई सार्थक बनाउने उद्देश्यले भ्रमण वर्ष सचिवालयले आज काठमाडौमा पत्रकार सम्मेलन गरी भिडियो च्यालेन्ज प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रमका संयोजक प्रभात रिमालले आफ्नो गाउँ प्रर्वद्धन गर्ने दायित्व मेरै हो भन्ने भावना प्रेरित गर्नको लागि पनि प्रतियोगिता गर्न लागिएको बताए ।

एक सय एकदिन चल्ने प्रतियोगिताको लागि पाँच मिनेट सम्मको भिडियो पठाउन आग्रह गरीएको छ । भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयनमा पर्नेछन् ।