मेरो स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ । आज बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् ।

अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राख्नेलाई धन्यवाद समेत दिएका छन् ।

पेटमा अचानक समस्या आएपछि प्रधानमन्त्रीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

https://twitter.com/kpsharmaoli/status/1199915001114320898?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1199915001114320898&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F29234%2F2019%2F11%2F28%2Fpm-oli-tweet