प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार,केही दिन अस्पतालमै राखिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।स्वास्थ्यमा सुधार भएपछि मंगलबारदेखि लगाइएको भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भैरहेको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।