सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच सहमति, आन्दोलनरत विद्यार्थीको माग पूरा

सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच सहमति, आन्दोलनरत विद्यार्थीको माग पूरा

काठमाडौंः निजी मेडिकल कलेज सञ्चाल र सरकारबीच दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क फिर्ता तथा भावी शुल्क निर्धारणबारे सरकार र कलेज सञ्चालकबीच सहमति भएको हो ।

शिक्षा मन्त्रालयमा रातिसम्म भएको वार्ता अनुसार आन्दोलनरत विद्यार्थीको माग पूरा भएको छ । सहमति अनुसार बुधबारै बढी लिइएको शुल्क फिर्ता हुनेछ । वा शुल्क समायोजनको विकल्प पनि विद्यार्थीले पाउनेछन्।

यसअघि गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कलेज सञ्चालकलाई बुधबारसम्म शुल्क फिर्ताको अल्टिमेटम दिएको थियो।