प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था स्थिर,चिकित्सकको निरन्तर निगरानीमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ ।पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो ।करिब ४५ मिनेट लगाएर अपरेशन गरिएपछि प्रधानमन्त्री ओलीलाई क्याभिनमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) मा रहेका प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको र उनको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा. डा.उत्तमकृष्ण श्रेष्ठले बताए ।