प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस, अपरेशन शुरु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।

एपेन्डिसाइटिस भएको ‘कन्फर्म’ भएपछि चिकित्सकहरुले अपरेशन शुरु गरेका हुन् ।प्रधानमन्त्री ओलीलाई केही समय अगाडि मात्रै अपरेशन थिएटरमा लगिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको उपचारमा त्रिवि शिक्षण अस्पताल र मनमोहन सेन्टरका चिकित्सकको टोली सहभागी छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।