१८ जना शंकास्पद बिरामीको नमूना परीक्षण नेगेटिभ थप २५शंकास्पद बिरामीको रिपोर्ट बाँकी

१८ जना शंकास्पद बिरामीको नमूना परीक्षण नेगेटिभ थप २५शंकास्पद बिरामीको रिपोर्ट बाँकी

काठमाडौं : देशका विभिन्‍न अस्पतालका आइसोलेसन वार्डमा कोरोनाको आशंकामा भर्ना भएका १८ जनालाई संक्रमण नभएको पुष्टि भएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपत्यका र बाहिरका १८ जना शंकास्पद बिरामीको नमूना परीक्षण ल्याइएको थियो।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार ‘पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ठाउँबाट आएका १८ शंकास्पद बिरामीको परिक्षण गरेका थियौँ र शंकास्पद नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

सूचना अधिकारी गुप्ताका अनुसार सोमबार नेपालगञ्ज, धनगढी, जनकपुर, धरान, बिराटनगर, बुटवल र चितवनबाट नमुना परीक्षणका लागि ल्याइएको थियो। यससँगै नेपालमा हालसम्म शंकास्पद भनि परीक्षण गरिएका ४९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको ‍छ।

२५ शंकास्पद बिरामीको रिपोर्ट बाँकी यस्तै प्रयोगशालमा मंगलबार थप २५ जनाको कोरोना भाइरसको शंकास्पद नमुना परीक्षणका लागि आएको छ। २५ जनाको नमूना परीक्षणको रिपोर्ट २४ घण्टापछि आउने बताइएको छ।