बसरुद्धिनलाई पक्राउ गर्न अनेरास्ववियूको माग

बसरुद्धिनलाई पक्राउ गर्न अनेरास्ववियूको माग

वीरगञ्ज : नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उनलाई पक्राउको माग गरेको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको होस्टलको गेटमा कुटपीट भएको थियो । उक्त घटनाको विरोधमा आइतबार अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको हो ।