भक्तपुर क्यान्सर अस्पतालमा झडप

भक्तपुर क्यान्सर अस्पतालमा झडप

काठमाडौं : अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।

अनियमितता गरेको आरोप लगाउँदै नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेपछि प्रमुख दुई दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएका थिए ।