क्वारेन्टाइनमा राखिएका १सय७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं : चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १सय७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको १४ दिन पछि दोस्रोपटक जाँच गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो।दोस्रोपटकको जाँचमा समेत नेगेटिभ देखिएपछि उनीहरुलाई आजै क्वारेन्टाइन मुक्त गर्न लागिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।