काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै सुरु गरेको हस्ताक्षर अभियान जारी छ । रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार आजसम्म हस्ताक्षर ३४ लाखले गरेका छन् । यस्तै, आर्थिक सहयोग भने ६५ लाख रुपैयाँ पुगेको दाबी गरिएको छ ।
उनकाअनुसार हस्ताक्षर अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ । उनले भनेका छन्,‘हिजो देश यात्रा सुदूरपश्चिमको कञ्चनपुरबाट सुरु भएको छ । यसको नेतृत्व रास्वपाका पार्टी सचिवालय सदस्य दीपक बोहराले गर्नुभएको छ ।’
रवि लामिछाने भने यतिवेला सहकारी ठगीमा पूर्पक्षका लागि नख्खु कारागारमा छन् । यसअघि उनलाई रुपन्देही कारागारमा राखिएको छ । उनको भर्खरै कारागार स्थानान्तरण गरिएको हो । हिजोमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रविलाई भेटेका थिए ।