सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई मोदीले दिए शुभकामना

काठमाडौं:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलाको सफल प्रत्यारोपणको लागि शुभकामना दिएका छन् । ट्विटरमार्फत् सोमबार बिहान शुभकामना दिदै भारतीय प्रधानमन्त्री मोदीले प्रत्यारोपणपछि चाँडो स्वास्थ्य लाभ गर्न पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका छन् ।

भगवान पशुपतिनाथले तपाईंलाई राम्रो स्वास्थ्य, सुखी र धेरै लामो जीवन प्रदान गरोस् भन्ने शुभेच्छा पनि मोदीले आफ्ना नेपाली समकक्षीका लागि प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आउँदो बुधबार महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक सेन्टरमा हुने तय भएको छ ।

https://twitter.com/narendramodi/status/1234333491724111873