काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन्। बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले रविको अनुहारनै कमजोर देखिएको बताए।
रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ। यहाँ आएपछि सुधार हुँदैछ। तर, उहाँ दुब्लाउनुभएको छ। उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको।’
प्रचण्डका अनुसार, रविले भैरहवा कारागारको तुलनामा नख्खुमा धेरै राम्रो भएको आफूलाई सुनाएको पनि बताए। रविले प्रचण्डसँग नख्खु कारागार प्रशासनबारे प्रशंसा पनि गरेका छन्।