कोरोना भाइरसको कारण भ्रमण वर्ष २०२० स्थगित

कोरोना भाइरसको कारण भ्रमण वर्ष २०२० स्थगित

काठमाडौं : सरकारले जनवरी एकमा ठुलै प्रचार प्रसार तथा तामझामा र भबियताका साथ भ्रमण वर्ष २०२० सुरु गरेको थियो । तर अहिले सरकाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै स्थगित गर्ने भएको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । अहिले संम भ्रमण वर्ष २०२० को नाममा करोडौं खर्च भई सकेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखनु भएको थिए। विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यसलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री केपी ओलीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको हो । अब भ्रमण वर्ष
२०२० स्थगित भएको छ ।