वुहानबाट नेपालीको उद्धार गर्ने पाइलटसहितको टोली कोरोनामुक्त पुष्टि

वुहानबाट नेपालीको उद्धार गर्ने पाइलटसहितको टोली कोरोनामुक्त पुष्टि

काठमाडौं : चीनको वुहानबाट १ सय ७५ जना नेपालीको उद्धार गर्ने विमानको पाइलट र चालक दलका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

उनीहरुको आइतबार प्राप्त स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । पाइलट र चालक दलका सदस्य गरी १८ जनालाई नगरकोटस्थित खानेपानी मन्त्रालयको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगालाले उनीहरुको स्वास्थ्य परीक्षणको नमुना शनिबार लिएको थियो ।चीनबाट उद्धार गरिएका १ सय ७५ जनालाई भने खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षणको नतिजा भने सोमबार मात्र आउनेछ ।