अनिल झाले पाए नेपाल सद्भावना पार्टी र पञ्जा छाप

अनिल झाले पाए नेपाल सद्भावना पार्टी र पञ्जा छाप

काठमाडौं। निर्वाचन आयोगले अनिलकुमार झालाई नेपाल सद्भवना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ। आज बसेको आयोगको बैठकले झालाई पार्टी र चुनाव चिन्ह दिने निर्णय गरेको हो।

`निर्वाचन आयोगले मेरो पक्षमा निर्णय गर्दै नेपाल सद्भावना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ, पत्र भोलिसम्म पाउँछु होला,`झाले भने। सो पार्टी रामकुमार महतोको नाममा दर्ता रहेको र सो पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि उनले झालाई दिएका थिएनन्। 

जसका कारण महतो र झाबीच सो पार्टी र पार्टी चिन्हका बारेमा कानुनी लडाई चलिरहेको थियो। तर, अन्तत: झाले बाजी मारेका हुन्। `६० प्रतिशत भन्दा बढी केन्द्रीय नेताले मेरो पक्षमा हस्ताक्षर गरे पछि पार्टी र चिन्ह मैले पाएको हुँ,´ झाले भने।

आयोगले झाको पक्षमा निर्णय गरे पछि महतो भने अदालत जाने भएका छन्। `अब म अदालत जान्छु, यो जालझेलपुर्ण निर्णयको बिरोधमा उभिन्छु।`उनले लोकतान्त्रिक समाजवादी पार्टीवाट गत चैत ४ गतेको ब्याक डेट साउन पहिलो साता अध्यक्ष महन्थ ठाकुरसमक्ष राजिनामा दिएका थिए।  जो स्वीकृत भइसकेको छ।

गजेन्द्रनारायण सिंहको लिगेसी रहेको नेपाल सदभावना पार्टी र चुनाव चिन्ह पाए पछि झाले निकट भविश्यमा पत्रकारसम्मेलन गरेर पार्टीको धारणा सार्बजनिक गर्नेछन्।