नेपाली चलचित्र छक्का पञ्जा ४’ निर्माण गर्दै दीपक–दिपा, कहिले हुन्छ त रिलिज ?

नेपाली चलचित्र छक्का पञ्जा ४’ निर्माण गर्दै दीपक–दिपा, कहिले हुन्छ त रिलिज ?

काठमाडौं : दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ निर्माण गर्ने भएका छन् । २०७७ को दशैंमा रिलिज हुनेगरी दीपक–दिपाको टिमले ‘छक्का पञ्जा ४’ को घोषणा गरेको हो ।

आउँदो दशैंको फुलपातीका दिन चलचित्र रिलिज गरिने चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले जानकारी दिए ।

बैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको लागि अभिनेत्री भने फाइनल गरिएको छैन्। ‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी छिन्। ‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो। त्यसयता दीपकराजले ‘छक्का पञ्जा ४’ को कथामा काम गरिरहेका थिए।