‘वाम एकता’ का लागि नारायणकाजीको सक्रियता

‘वाम एकता’ का लागि नारायणकाजीको सक्रियता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियता बढ्दो छ । हिजो (आइतबार) नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई भेटेका श्रेष्ठले आज (सोमबार) जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राजनीतिक विमर्श गरेका हुन् ।

आफ्नै निवास हात्तिवनमा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । अहिले यादव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बिच्किएका छन् । तर, दाहालले उपेन्द्रको साथ लिनको लागि पनि आफ्नै पार्टीको दोस्रो तहका नेताहरुलाई सम्वादमा जुटाएका छन् ।

नारायणकाजी श्रेष्ठले समाजवादको लक्ष्यमा पुग्नको लागि अब सबै कम्युनिष्ट घटकहरु मिल्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनले घनश्याम भुसाल, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतसँग पनि भेट गरिसकेका छन् ।