सोलुखुम्बुमा आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

सोलुखुम्बुमा आफ्नै घरमा आगो लगाउने व्यक्ति पक्राउ

सोलुखुम्बु : सोलुखुम्बुमा आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले सोलुखुम्बुको तुईनटारबाट पक्राउ गरेको छ । शनिबार साँझ करिब ६१५ बजे मादकपदार्थ सेवन गरि आफ्नै घरमा आगो लगाउने नेचासल्यान गाउँपालिका ४ तुईनटारका ४० बर्षिय असिम राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले मादकपदार्थ सेवन गरि आफू सुत्ने कोठामा रहेको कपडामा आगो सल्काएका थिए । आगो लगाएको परिवारको सदस्यले थाहा पाएपछि स्थानीयको सहयोगमा करिब १० मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो ।

भुकम्पपछि बनाएको घरमा बस्दै आएका राई परिवारको केही लत्ताकपडामा बाहेक अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताए ।
घटनालगत्तै आगो लगाउने राईलाई प्रहरीले नियन्त्रणमा लिएको र सल्लेरी ल्याई आवश्यक अनुसन्धान गर्ने दर्नालको भनाई छ ।