नारायणकाजी र विप्लवबीच एक घन्टा लामो भेटवार्ता

नारायणकाजी र विप्लवबीच एक घन्टा लामो भेटवार्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटबार्ता भएको छ। 

उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा भेटघाट र छलफल भएको उनको सचिवालयले जनाएको छ। 

भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचार विमर्श भएको बुझिएको छ।