महोत्तरीमा वृद्धमाथि गोली प्रहार

महोत्तरी : महोत्तरीमा एक वृद्धमाथि गोली प्रहार भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय सौर्य प्रसाद यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन् । शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए । गोली प्रहारबाट यादव घाइते भएका छन् ।

उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली कसले र किन प्रहार गर्यो भन्ने खुल्न नसकेको डीएसपी बुढाथोकीले जानकारी दिए । उनले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।