दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश

काठमाडाैं। उच्च अदालत पाटनले मेडिकल व्यवसयी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय सुदर्शन देव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
प्रसाईंविरुद्ध बैंकिङ कसूरको मुद्दामा तारेखमै राखेर अनुसन्धान गर्न आदेश भएको हो।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध प्रसाईंसहित चार जना उच्च अदालत पाटन पुगेका थिए।

चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका थिए। उनीहरूले पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न माग गरेका थिए।

काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो।