बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

हेटौंडा। नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। मंगलबार प्रदेश प्रमुख कार्यालयमा नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।

दाबी पेश गर्न संसदीय दलका नेता बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो। १ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ। जुन कांग्रेसका ३७ र एमालेका २७ सांसद भएपछि सहज रुपमा पुगेको छ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेबाट लागु हुनेगरि पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले साउन २० गते दिउँसो २ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।