टि २० मा सन्दीपको ऐतिहासिक एक सय विकेट पुरा

टि २० मा सन्दीपको ऐतिहासिक एक सय विकेट पुरा

काठमाडौं : लेग स्पिनर सन्दीप लामिछानेले टि ट्वान्टी क्रिकेटमा एक सय पुरा गरेका छन् । शनिबार एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टि २० मा एक सय विकेट पुरा गरेका हुन् ।

सन्दीपले मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । टस जितेर ब्याटिङमा उत्रिएको मलेसिया २।२ ओभरमा १५(१ को स्थितिमा छ ।

योसँगै सन्दीप टि २० मा एक सय विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । सन्दीपले यस सफलता ७५ खेलमा पुरा गरेका हुन् । सन्दीपले यस ऐतिहासिक उपलब्धी अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट गरि हात पारेका हुन् ।

सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टि ट्वान्टी खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टि ट्वान्टी खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् । अन्य खेलाडी धेरै पछि रहेका छन् । २०१८ मा लर्ड्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।