दुर्गा प्रसाईंलाई जेलमा नातिको चिन्ता !

दुर्गा प्रसाईंलाई जेलमा नातिको चिन्ता !

काठमाडौं। गत चैत १५ गते राजावादी समूहले काठमाडौंका तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका दुर्गा प्रसाईँले सचिवालयमार्फत आफ्ना कुराहरु सार्वजनिक गरेका छन् । उनले कारागारबाटै राजावादी समूहप्रति आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लक्षित गर्दै उनले ‘स्वर्ग चान चाहने तर मर्न डराउने’ भनेका छन् ।

‘एउटा कुराले मनमा डेरा जमाएर बसेको छ । सबै स्वर्ग जान चाहाने रहेछन्, तर मर्न कोही नचाहाने रहेछन् । स्वर्ग जान चाहाने तर मर्न डराउनेहरुका लागि पनी म हजारपटक मरिदिन तयार छु, स्वर्गानुभूत तपाईँ गरिरहनुहोला,’– उनले पत्रमा भनिएको छ ।

साथै, उनले आफूलाई घरमा नातीले निकै याद गर्ने गरेको कुरा पनि खुलाएका छन् । उनले भनेका छन्, ‘सबै नेपालीले आफ्ना सन्तानका साथमा जिवन जिउन पाउन, प्रत्येक हजुरबुवा हजुरआमाका काखमा नातीनातिना हुन भनेर अभियान सुरु गरेको मलाई मेरो नातिले बहुत याद गर्छ रे । हजुरबा कैले आउने सोध्छ रे । परिवारले बाहिर जानुभएको छ आउनुहुन्छ भन्दा मोवाईलमा फोटो हेर्छ रे एक मन सोच्छ कारागारमै बोलाएर एक छिन भएपनी नाति खेलाउँ अनि सोच्छु, के सम्हालिएला र मन भक्कानु छुट्यो नातीका अगाडि भने के भन्ला उसले ?’