कुलमान घिसिङ निस्किए अमेरिका भ्रमणमा, उतैबाट बेलायत र युरोप जाने

कुलमान घिसिङ निस्किए अमेरिका भ्रमणमा, उतैबाट बेलायत र युरोप जाने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकबाट हटाईएको उज्यालो नेपालका नायक कुलमान घिसिङ विश्वयात्रामा निस्किएका छन् । यसअघि उनले मध्यपूर्वको भ्रमण गरेका थिए । आज भने उनी अमेरिकाको भ्रमणमा निस्किएका छन् । अमेरिकाबाटै उनी बेलायत र युरोपको भ्रमणमा जाने भएका छन् ।

एक महिना लामो विदेश यात्रामा निस्किएका घिसिङले ०८४ को निर्वाचनलाई ध्यानमा राखेर नयाँ दल खोल्ने चर्चा छ । उनी अब अगष्ट २६ तारिखमात्रै काठमाडौं ओर्लिने भएका छन् ।