काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हाँसिल भएको दाबी गरका छन् । प्रधानमन्त्री ओलीले फेशबुकमार्फत यो वर्ष दुई खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न सफल भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्–“यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”