जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालतमा, थुनामुक्त हुन माग

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालतमा, थुनामुक्त हुन माग

काठमाडौँः जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशविरुद्ध निवर्तमान सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा निवेदन दिएका छन्। जिल्ला अदालतले थसनामै रााखेर मुद्दाको पुर्पक्षको प्रक्रिया अघि बढाउन दिएको आदेश बदर गरी साधरण तारेखमा बस्न माग गर्दै महराले निवेदन दिएका हुन्।

महराका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले निवेदन बिहीबार दर्ता भएको बताए।
जिल्लाको थुनछेक आदेशमा चित्त नबुझे उच्चमा निवेदन दिन पाउने व्यवस्था छ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि करणी प्रयास गरेको अभियोगमा मुद्दा चलाइएका महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते आदेश गरेको थियो। आदेश उपर बिहीबार निवेदन दर्ता भएको हो।