नवलपरासी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सहकार्य लामो नजाने दाबी गरेका छन्। उनले अहिलेको सरकारप्रति जनता चरम असन्तुष्ट रहेको भन्दै सरकार लामो नजाने दोहोर्याएका हुन्।
यसअघि काठमाडौंमै पत्रकार जगदिश खरेलसँगको टिभी अन्तर्वार्तामा र चैत्र ३१ गते चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लामो नजाने दाबी गरेका हुन्। आज (मंगलबार) नवलपरासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममापनि सरकारको विषयमा कांग्रेस र एमालेभित्रै असन्तुष्टि बढेको दाबी गर्दै यस्तो जिकिर गरेका हुन्।
उनले आफू कांग्रेस र एमालेका नेताहरुसँग निरन्तर सम्वादमा रहेको पनि खुलाएका छन् । उनले अहिलेको सरकारलाई कांग्रेसका नेता तथा कार्यकर्तापनि असन्तुष्ट रहेको सुनाए । कांग्रेसमात्रै नभएर एमालेको ठूलो पँक्तिपनि वर्तमान सरकारबाट सन्तुष्ट नभएको भन्दै त्यही आधारमा आफूले यो सरकार धेरै लामो नजाने भनेर टिप्पणी गरेको पनि खुलासा गरे ।