काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ घटनाक्रम विकास भइरहेको भन्दै नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् ।
आइतबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा नयाँ सरकारको कुरा गरेको बताए । ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’
उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको उल्लेख गर्दै नयाँ वर्षले नयाँ निकास दिने बताए । ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’ उनले काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुँदा उचित हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे ।