दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो । प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले मिलान गरेको हो । सोही अनुसार अदालतले  म्याद थपेको जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।

चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।