काठमाडौँ । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ ।
उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।