काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनलाई जगमान गुरूङले समर्थन जनाएका छन्।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यबाहक संयोजक गुरुङले विज्ञप्ति जारी गरी राप्रपाको प्रदर्शनलाई समर्थन गरेका हुन्।
‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आह्वान समेत गर्दैछौं’, गुरुङको वक्तव्यमा भनिएको छ । राप्रपाले २६ चैतमा राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।