कीर्तिपुरमात्रै होइन, थुप्रै डाँडाबाट दुई/चार लाख कमाउन सक्छौं : गगन

कीर्तिपुरमात्रै होइन, थुप्रै डाँडाबाट दुई/चार लाख कमाउन सक्छौं : गगन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको केही वर्षपछि कीर्तिपुरको डाँडामा मात्र नभए देशका थुप्रै डाँडाबाट दुई/चार लाख रुपैयाँ कमाउने स्थिति हामीले बनाउनसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसअघि कीर्तिपुरमा उपनिर्वाचनको बेलामा आफूले गरेको भाषलाई लिएर विभिन्न ट्रोल र मिम बनाइएको उल्लेख गरे।

‘हामी अबको ८/१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडामात्रै होइन,’ थापाले भनेका छन्, ‘त्यस्ता थुप्रै डाँडाहरूमा साथिहरूले दुई/चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ ।’

उनले यसबारे अब सोच्नुपर्ने बेला भइसकेको बताए । जसका लागि सरकारको गति नपुगेको थापाको भनाइ थियो ।

‘त्यो पोर्टेन्सियल हामीसँग छ । तर त्यसका निम्ति सोच्नुपर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ । हाम्रो शुरुवात भइसक्यो,’ थापाले भने, ‘अलिकति गति बढाउनुपर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो । कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ ।’