माधव नेपालले बालेनलाई दिए धन्यवाद, ज्ञानेन्द्रलाई जरिवाना पत्र काटेकोमा खुसी

माधव नेपालले बालेनलाई दिए धन्यवाद, ज्ञानेन्द्रलाई जरिवाना पत्र काटेकोमा खुसी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र काट्ने साहस गरेको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई धन्यवाद दिएका छन् । आज (सोमबार) पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई बालेनले ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर हिम्मत देखाएको बताए ।

‘मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपर्थ्यो–प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर,’– उनले भने ।

समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको उनको दाबी छ । आफूहरुले स्वयम सेवकहरुलाई कार्यक्रम स्थलमा कार्यक्रमपछि ‘फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस्’ भनेर निर्देशन दिएको र सोहीबमोजिम काम भएको बताए ।