काठमाडौं । सत्ताधारी दलको बैठकले भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्ने निर्णय गरेको छ । अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय बैठकले रेको हो।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए।
बैठकमा बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए ।
हिजो उपेन्द्र यादव सहभागी नभएकोले बैठक निस्कर्षविहीन भएको थियो ।