काठमाडौं। निर्वाचन आयोगले आफू निर्वाचित भएको पुरानो राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको छ। दल त्यागसँगै उनीहरूको पद स्वतः समाप्त भएकोबारे आयोगले आज औपचारिक सूचना प्रकाशित गरी जानकारी दिएको छ।
पद गुमाउने जनप्रतिनिधिहरूमा मधेस प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना रहेका छन्।
पद रिक्त भएका जनप्रतिनिधिहरूको नामावली:
-
मधेस प्रदेश:
-
धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत
-
विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल
-
कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान
-
मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरी
-
कोशी प्रदेश:
-
खोटाङको बराहपोखरी गाउँपालिका उपाध्यक्ष भुवलराज राई
-
केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई
-
मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदार
-
बागमती प्रदेश:
-
सुदूरपश्चिम प्रदेश:
यी जनप्रतिनिधिहरू २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएका थिए। निर्वाचित दल छाडेर अर्कै दलमा प्रवेश गरेपछि सम्बन्धित दलको केन्द्रीय समितिले उनीहरूलाई निष्कासन गरी पद रिक्त गराउन आयोगमा सिफारिस पठाएका थिए।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको पुष्टि भएपछि आयोगले उनीहरूको पद रिक्त भएको निर्णय सुनाएको हो।