चैते धानको समर्थन मूल्य तोकियो, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

चैते धानको समर्थन मूल्य तोकियो, यी हुन् मन्त्रिपरिषद् बैठकका   १९ निर्णय

काठमाडौँ । सकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८०० रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।