सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा मध्यराति २० लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ ।
भारतसँग सीमा जोडिएको सो गाउँका ६ वटा भन्दा बढी घरमा गएराती चोरी भएको हो ।मध्यरातमा आएका चोरहरुले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
नगद, गरगहना, भाडाकुँडा, मोबाइल लगायतका धनमाल चोरी भएको जनाइएको छ । बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे जानकारी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले चोरीमा संलग्नको खोजी सुरु गरेको छ ।