काठमाडौँ : दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि वैदेशिक रोजगार विभागले कोरियामा नयाँ नेपाली कामदार पठाउन तत्कालका लागि रोकेको छ । अहिले संम दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७६३ पुगेको छ ।
दक्षिण कोरियामा हाल झन्डै ४२ हजार ६ सय नेपाली कामदारहरु छन्। जसमध्ये ३३ हजार अदक्ष कामदार छन्। ४ हजार ८ सय जना महिला छन्। अहिले दक्षिण कोरियामा रहेका नेपालहरुमा कोरोना भाइरसको त्रास बढ्दै गएको छ । उनिहरु पनि नेपाल पर्किन चाहेको स्थितिमा नेपाल सरकारले तेस्को केहि तयारी गरेको छैंन । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत गतसाता केही कामदार कोरिया गएका थिए। थप कामदार पठाउनेबारे कोरियाको सोलस्थित नेपाली दूतावास र मानव संसाधन विभागबीच समन्वय भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।