काठमाडौँ : तामाङ फाउण्डेशन नेपालका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य तथा निर्देशक अरुण घिसिङद्वारा निर्मित चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक भएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त चलचित्रको पहिलो गीत सार्वजकि गरिएको हो । तामाङ समूदायको सामान्य जीवनमा आधारित उक्त चलचित्र यही फागुन १७ (शनिबार) बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी दिए ।
कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक घिसिङले तामाङ समूदायमा आधारित अहिलेसम्म एक सय ३० वटा फिल्म निर्माण भइसकेको जनाउँदै भने,‘नेपाली समाजमा तामाङ समूदाय उत्पीडनको समुदाय, यसलाई उजागर गर्न जरुरी छ ।’ गुणस्तरीय नभएको र दर्शकका आकांक्षालाई पुरा नगरेको कारण नेपाली चलचित्रहरुले राम्रो प्रदर्शन नगरेको उनको भनाई थियो ।
दर्शकको इच्छा र आकांक्षालाई ध्यान दिएर चलचित्र निर्माण गरिएको उनले बताए । उक्त चलचित्रले मूलधारका नेपाली चलचित्रसंग प्रतिष्पर्धा गर्ने उनको दाबी छ । ‘ख्लासी आनिउ’ को दोस्रो भागको लागि काम भइरहेका समेत उनले जनाए । उनले भने,‘आगामी बैशाखसम्ममा यो चलचित्रको दोस्रो भाग आईसकेका छन् ।’
त्यसैगरी कार्यक्रममा गीतका लेखक तथा फिल्मका नायक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई चलचित्रमा उतारिएको स्पष्ट पारे । उनले भने,‘तामाङ समूदायका उत्पीडनलाई चलचित्रको माध्यमबाट उजागर गर्न जरुरी छ ।’ कलाकारलाई राज्यबाट कुनै सहयोग नरहेको उनको गुनासो थियो । कलाकारको पीडालाई राज्यले बुझ्न आवश्यक रहेको पनि उनले आवश्यकत्ता औंल्याए । ‘च्यारिटीको भरमा हामीले चलचित्र निर्माण गर्दै आएका छौं, समुदायमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न राज्य गम्भीर हुनुपर्छ ।’–उनले भने ।
त्यसैगरी कार्यक्रममा चलचित्रका खलनायक बाबुराम ग्याबाले तामाङ समुदायको अवस्थालाई यस चलचित्रमार्फत दर्शाइएको छ । उनले भने,‘ यो मेरो पहिलो फिल्म हो ।’ चलचित्र दर्शक माँझ निकै लोकप्रिय हुने आशा समेत उनले राखेका छन् । कलाकारको विकृति र बिसंगतिलाई हटाउने प्रयास यस चलचित्रमार्फत गरिएको उनले बताए । फागुन १७ रिलिज हुन लागेको यस चलचित्रलाई माया गरिदिन सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन् ।
त्यसैगरी कार्यक्रममा चलचित्र निर्माता विनय दोङ तामाङले आदिवासी, जनजातीलाई समेटेर चलचित्र निर्माण भएकोमा खुशी व्यक्त गरेका छन् । उनले सो चलचित्रका निर्माता अरुण घिसिङलाई समुदायिक चलचित्र निर्माण गरेकोमा धन्यावाद ज्ञापन गरे । ‘भव्य तरिकाले चलचित्र प्रदर्शन होस् भन्ने मेरो शुभकामना छ ।’–उनले भने । उक्त चलचित्रको कार्यकारी निर्माता भने ईन्दिरा वाईबा हुन् ।