प्रहरीले दुर्व्यवहार गरेको भन्दै शिवरात्री मनाउन आएका साधुहरुले गरे बिरोध

प्रहरीले दुर्व्यवहार गरेको भन्दै शिवरात्री मनाउन आएका साधुहरुले गरे बिरोध

काठमाडौं : शिवरात्रीका लागि भारतबाट आएका साधुको आइतबार विदाईका क्रममा धकेलाधकेल भएको छ । आइतबार पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट भित्र दक्षिणा लिन जाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै साधुहरुले विरोध जनाएका हुन् ।

दक्षिणा लिन जाने क्रममा प्रहरीले लाइन व्यवस्थित गर्न खोज्दा आफूहरुमाथि दुर्व्यवहार गरेको साधुहरुले बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार साधुको बर्गीकरणअनुसार गुठी संस्थानले १ सय ५१ रुपैयाँदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिने गरेको छ । यो दक्षिणामा पशुपति क्षेत्र विकास कोषले पनि ५० प्रतिशत दक्षिणा थपेर दिने गरेको छ । तर कतिपय साधुहरुले दक्षिणा थोरै भएको भन्दै विरोध जनाएका छन् ।