पीडित पक्षले जाहेरी नदिएपछि अश्लील भिडियो बनाउने ३ जना छुटे

काठमाडौं । अश्लील भिडियो बनाएको आरोपमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट पक्राउ परेका ३ जना छुटेका छन् । पीडित भनिएकी युवतीले किटानी जाहेरी नदिएपछि महानगरीय प्रहरी वृत्त, जगातीले उनीहरुलाई छाडेको हो ।

यसअघि शनिबार साँझ चुम्बन गरेको दृश्य कैद गरेको भन्दै डिलिट गर्न माग गर्दै पीडित युवतीले महिला सेलमा मौखिक उजुरी दिएकी थिइन् । लगत्तै प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ घर भइ हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भइ काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजीव थनेत दनुवारलाई पक्राउ गरेको थियो ।

‘करिब २०र२५ सेकेण्डको क्लीप रहेछ । हामीले मुद्दा चलाउन खाजेका थियौं’, जगातीका डीएसपी चक्रराज जोशीले भने, ‘तर, पीडितले नै जाहेरी दिन नमानेपछि कानूनी कारबाही गर्न सकिएन ।