उच्च अदालतमा १५ न्यायाधीश सिफारिस, विशेषका दुई सदस्यको सरुवा

उच्च अदालतमा १५ न्यायाधीश सिफारिस, विशेषका दुई सदस्यको सरुवा

काठमाडौँः न्याय परिषदले उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको बुधबारको बैठकले जिल्ला न्यायाधीश, कानुन व्यवसायी र सरकारी वकिलबाट १५ जनाको नाम सिफारिस गरेको हो ।

परिषदको निर्णय अनुसार जिल्ला अदालतका न्यायाधीशरु किरण कुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

यस्तै सरकारी वकिलबाट गीता प्रसाद तिम्सिना उच्च अदालतको न्यायाधीशको सिफारिस भएका छन् ।

यस्तै कानुन व्यवसायीबाट मिलनकुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मीना गौतम सेढाई र सोमकान्त सिलवाल न्यायाधीशमा सिफारिस भएका छन् । यस्तै देश बहादुर सार्की, रेखा थापा पाण्डे र किरण कुमारी गुप्ता पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन्। सार्की, पाण्डे र गुप्ता भने पछि रिक्त हुने पदमा कायम हुनेगरी सिफारिसमा परेका हुन् ।

यस्तै परिषदले आठ न्यायाधीशको सरुवा गरको छ । सरुवा हुनेमा प्रकाशचन्द्र गजुरेल, शिवनारायण यादव, विनोद शर्मा, कृष्ण गिरी, रमेशकुमार खत्री, रवि शर्मा, जनक पाण्डे र राजेशकुमार काफ्ले रहेका छन् । गिरी र शर्मा विशेष अदालतमा काजमा थिए ।