मन्त्रिमण्डल हेरफेरको बैठक टुंगियो,को फेरिने या को थपिने भन्ने खुलाएका छैनन

मन्त्रिमण्डल हेरफेरको बैठक टुंगियो,को फेरिने या को थपिने भन्ने  खुलाएका छैनन

काठमाडौं : पार्टीका दुई अध्यक्षको जिम्मेवारी टुङ्ग्याउँदै सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकबाटै मन्त्रीहरुको हेरफेरको निर्णय अपेक्षा अनुसारको गरिएको छ ।

प्रधानमन्त्रीले नै जानकारी दिएपछि आज बिहानैदेखि सिंहदरवारमा एक किसिमको सन्नाटा छाएको थियो। धेरैजसो मन्त्रालयहरुमा मन्त्री उपस्थित भएनन्। गाइगुइ हल्ला बाहेक को हट्दै र को थपिँदै भन्ने चासो सबैमा थियो। अनुमान लगाउनेहरु विभिन्न सांसदको नाम लिँदै दावी गरिरहेका थिए।

आज बिहान नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लामो छलफल भयो। छलफलपछि यी दुवै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगे। यसले मन्त्रिपरिषदमा हुन लागेको हेरफेरको संकेत दिएको थियो।

तर, बैठकमा दुई अध्यक्षको जिम्मेवारी के के भन्ने तय भएको छ। अपेक्षा गरेअनुसार मन्त्रीहरु को को फेरिँदै भन्ने चाहिँ सार्वजनिक भएको छैन्। सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रीहरु हेरफेर गर्ने जानकारी सचिवालय बैठकमा दिएका छन्।

उनले को फेरिने या को थपिने भन्ने चाहिँ खुलाएका छैनन। ४ बजे होटल याक एन्ड यतिमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेकोछ। त्यहाँबाट फर्किएपछि प्रधानमन्त्री ओलीले सरकार सहज रुपमा चलाउन मन्त्रिहरुको हेरफेर गर्ने सम्भावना छ। सचिवालय स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर हुने त बताएका छन् तर कति जना भन्ने चाहिँ केही पनि खुलाएका छैनन्।
तर, नेकपाका दुई अध्यक्षको जिम्मेवारी निर्धारण भएपछि प्रधानमन्त्रीलाई आफू अनुकूल मन्त्रिपरिषद हेरफेरका लागि भने बाटो खुलेको छ। सरकारको जिम्मेवारी ओलीले र पार्टीको जिम्मेवारी प्रचण्डले लिने सहमतिले उनलाई आफू अनुकूलको मन्त्रिपरिषद बनाउनका लागि सहज हुने अपेक्षा गरिएको छ।