क्वारेन्टाइनमा राखिएको सबै नेपाली सुरक्षित

क्वारेन्टाइनमा राखिएको सबै नेपाली सुरक्षित

काठमाडौं : चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।

उनीहरुलाई आइतबार बिहान काठमाडौं ल्याइएको थियो । र, स्वास्थ्य जाँच गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।