तनहुँबाट गायक कटुवाल पक्राउ

तनहुँबाट गायक कटुवाल पक्राउ

काठमाडौं : गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन् ।गायक कटुवाल परिवारसहित घुम्न गएका बेला तनहुँमा पक्राउ परेका हुन ।

बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा कटुवाल सोमबार पक्राउ परेका हुन् । हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको तनहुँका प्रहरीले जानकारी दिएको छ ।